तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीमा सडेको अवस्थामा शव फेला

गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो ।

नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित