तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा चर्को गर्मी, ४० डिग्री सेल्सियस तापक्रम पुग्यो

बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर २५ मिनेटको तापक्रम मापन अनुसार बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम छ । तापक्रम मापनमा विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बढ्दो तापक्रमका कारण बुटवलको हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ । वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रस्वासमा असर पुर्‍याउने चिकित्सकहरु बताउंछन् ।
यस्तो गर्मीमा अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, निस्कुनु परे छाता ओढेर हिंड्न र प्रशस्त पानी पिउनुपर्ने सुझाव फिजिसियन डाक्टर नन्दु पाठकको छ ।

बढ्दो गर्मीसंगै झाडा पखाला,लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा। पाठकको सुझाव छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित