मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा खल्ती डिजिटल वालेटको ‘खल्ती हव’ शुभारम्भ

बुटवल । खल्ती डिजिटल वालेटले बुटवलमा आफ्नो हबको औपचारिक उद्घाटन गरेको छ । ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हब बाहेक, खल्तीले पोखराको राष्ट्र बैंक रोडमा हब सञ्चालन पछि लुम्बिनी प्रदेश (सुवर्ण पथ, बुटवल) मा पहिलो पटक हव उद्घाटन गरेको हो । खल्तीले आफ्नो एप्लिकेसन, वेब च्यानल र हबको साथमा खल्तीले लुम्बिनी प्रदेशमा ८ हजार खल्ती पसल र नेपालभर ७० हजारभन्दा बढी खल्ती पसल मार्फत विभिन्न भुक्तानी सेवाहरू उपलब्ध गर्दै आएको छ ।


खल्ती प्रयोग गर्न जनतालाई सहयोग उपलब्ध गराउन खल्ती हब विस्तार गरिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । खल्ती हबले सबै उपभोक्ता, एजेन्ट, व्यपारीहरूलाई खल्तीका कुनै पनि सेवाहरू जस्तै साइन अप र केवाईसी अपडेट, उपयोगिता बिल भुक्तानी, बैंक ट्रान्सफर, फ्लाइट, चलचित्र र इभेन्ट टिकट बुकिङ, र अन्य धेरै सेवाहरू प्रदान गर्ने उनको भनाई छ । ‘क्षेत्रीय स्तरमा खल्ती हब स्थापना गर्नुको पछाडिको हाम्रो उद्देश्य भनेको हाम्रा प्रयोगकर्ता, एजेन्ट र व्यापारी साझेदारहरूलाई अझ राम्रो सेवा प्रदान गर्नु हो । खल्ती हबले सहज भुक्तानी र अन्य डिजिटल सेवाहरू कार्यान्वयन गर्न स्थानीय जनताको हितमा सेवा गर्नेछ ।’ उनले भने ।


ISO 27001 M 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ । हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी रहेका छन् । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित