लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देहीमा सुटिङ प्रतियोगिता शुरु

बुटवल । रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगित शुरु भएको छ ।
विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ । २२ महिला तथा ३९ पुरुष गरि ६१ जना खेलाडीलाई चैत २५ देखि २८ सम्म प्रशिक्षण दिई फाईनलका लागि प्रतिस्पर्धा गराइएको थियो ।
चैत २९ र ३० गते भएको छनोट प्रतियोगितामा १५ पुरुष र १० महिला गरि २५ जना सुटिङ खेलाडी फाइनल प्रतियोगितामा छनोट भएकोे संघको सुचना शाखाले जानकारी दिएको छ । छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडी बिच बैशाख १ देखि २ गते सम्म फाईनल प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । फाइनल प्रतियोगितामा छनोट भएका खेलाडी विच प्रतिस्पर्धाबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई संघले विशेस सम्मान गर्ने छ ।

फाइनल प्रतियागिताको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकास भट्राईले सुटिङ प्रतियोगितमा कानुनी जटिलता र हतियार मर्मत गर्नमा विगतमा समस्या देखिएको बताउदै यसको समस्या समाधानमा प्रदेश खेलकुद परिषदले सहयोग गर्ने बताए । उनले यसक्षेत्रमा प्रभावकारी सुटिङ रेञ्जको निर्माण गर्न आफुले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

शुक्रवारबाट भएकोे दोस्रो जिल्ला स्तरिय १० मिटर एयर राईफल खुल्ला सुटिङ प्रतियोगिताको शुभारम्भ कार्यक्रममा बोल्दै संघ रुपन्देही अध्यक्ष ज्योत्सना राणले संघले निरन्तर सुटिङ प्रतियोगिता गर्न चाहेपनि हतियारको कमि तथा प्राविधिक समस्या भएको बताए । उनले अहिलेको खेल सञ्चालन गर्नका लागि विभिन्न स्थानीय तह तथा विभिन्न व्यापारिक प्रतिष्ठानले सहयोग गरेको जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्र थापाले आट र हिम्मत भएमा सुटिङ प्रतियोगिता बार्षिक रुपमा गर्न सकिने बताए । उनले अव हुने यस्ता प्रतियोगिता सञ्चालन गर्न खेलकुदले बजेटमा व्यवस्था गर्न सुझाव दिए । विभिन्न सरकारी निकाय तथा खेलकुद मन्त्रालयबाट सुटिङ प्रतियोगिताका लागि बजेट छुट्याउन पहल गर्ने समेत आश्वासन दिए ।

लुम्बिनी प्रदेश सुटिङ संघका सदस्य विनयराज श्रेष्ठ, रुपन्देही सुटिङ संघका प्रमुख सल्लाकार विजय जंग राणा, संघका जिल्ला उपाध्यक्ष अरुण कर्ण, सचिव पुनम क्षेत्री, सदस्य कल्याण मल्ल, प्रमुख प्रशिक्षक उपेन्द्र थापा, प्रशिक्षक अब्दुलवाहिर अन्सारी र खेलाडीको शुभारम्भ कार्यक्रममा सहभागि रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित