तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सियारीका २५० घरधुरीलाई गाउँ व्लक अन्तरगतको जग्गा पुर्जा बितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्यलक अन्गरगतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरेको छ ।
नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरे ५ गाउँ व्लकको २५० जग्गा धनी पुर्जा बितरण गरिएको बताउनु भयो । उहाँले लामो समयको पहल र मेहनत पछि सियारीबासीले जग्गा पुर्जा हस्तान्त्रण गर्न सकिएको बताए ।
लामो समय देखि जोत भोग गरेका जग्गा धनीले पुर्जा नपाउदा कुनै पनि बैकिङ कारोववार गर्न नपाएका जग्गा धनीले अब आबश्यक परेको बेला बैकिङ कारोवार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने बताए ।
२०२५ सालमा नापिमा छुटेका तर, शुरुको नापि हुदाँ देखि नै जोगभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गा धनी पुर्जा बितरण गरिएको हो ।
रुपन्देहीमा १ हजार ८०० गाउँँव्लकको नापि भएको मध्ये १ हजार १५० गाउँव्लकको पुर्जा बितरण गर्न बाकि रहेको नापि कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए ।
उनले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ बटा व्लकको मात्र बितरण गर्न बाँकी रहेको बताए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ वटाको मात्र बितरण गर्न बाँकि रहेकाले बाकि रहेका गाउँ व्लकको पनि छिट्टै नै बितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताए ।
जग्गा धनी पुर्जा पाएपछि स्थानिय दङग् छन् । उनीहरुले लामो समय पछि आफुहरु जग्गाको मालिम हुन पाउदाँ निकै खुसी भएको बताएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित