तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलका घरधनीलाई घरवहाल घटाउन सामुहिक अनुरोध

बुटवल । चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र वजार विस्तापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को घरभाडा र बैंक व्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायीक संघसंस्थाहरुको सञ्जालको बृहत बैठक आवहान गर्ने निर्णय गरेको छ । त्यसैगरि बैठकले चर्को बैंक व्याजका विरुद्ध चरणवद्ध आन्दोलनको खाका बैठकले तयार गर्ने गरि तयारी गर्ने निर्णय गरेको छ ।
रुपन्देही व्यापार संघ, रुपन्दही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरवहाल सरोकार संघको रुपन्देही व्यापार संघको भवनमा बसेको संयुक्त बैठकले घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरवहाल घटाउन घरधनीहरुलाई सामुहिक आग्रह गरेको छ ।
बैठकमा बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धाराशाही हु“दै गइरहेको र त्यसबाट आएको संकटको विषयमा गम्भिर छलफल गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए । बैठकपछि जारी संयुक्त अपिलमा यस्तो अवस्थामा सुधार गरि मुलुकको अर्थतन्त्रलाई चलायमान गराउदै व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसले राष्ट्र असफल बन्ने बाटोमा जाने खतरा बढ्ने जनाउदै गम्भिर बन्न सबैका अनुरोध गरिएको छ ।
अपिलमा बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनी महानुभावहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल वजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्ने संख्या बढ्दै गएको र वजार विस्तापित हुने क्रम बढ्देको प्रति चिन्ता व्यक्त गरिएको छ । यो स्थितीलाई मनन गर्दै पछिल्लो घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको जनाइएको छ ।
अपिलमा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका कावा महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरवहाल सरोकार संघका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित