‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभारः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्नु नै वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले सामाजिक, आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि हासिल गरेर आमजनताको जीवनमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै सरकार यसैमा केन्द्रित रहेको दावी गरे ।

मंगलबार प्रेस सेन्टर नेपाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादीका नेता समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवतर्नमा मात्र सीमित नराखेर यसका माध्यमबाट आमजनताको जीवन फेर्नु, समृद्धिमा गुणात्मक फड्को मार्दै लक्ष्य हासिल गर्नु सरकारको अहिलेको मुख्य प्राथमिकता हो । यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको छ ।’

उनले यससँगै सरकारले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हीतको रक्षा गर्ने, राष्ट्रिय एकतालाई सुदृढीकरण गर्दै अघि बढ्ने, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादको रक्षा गर्ने, यसको अपहरण हुन नदिने, शान्ति प्रक्रियालाई पूरा गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्ने काममा लागि परेको जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित