तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको इडन स्कूलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले मँगलबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो ।

सो अवसरमा बोल्दै नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले कितावि ज्ञानसँगै अब व्यवहारिक र सामाजिक शिक्षामा समेत विद्यार्थीलाई जोड दिनुपर्ने बताए । विद्यार्थी भित्रका प्रतिभालाई प्रस्फुटन गर्नका लागि वातावरण सिर्जना गर्ने काम विद्यालयको बताएको बताउँदै उनले इडन स्कूलले उक्त दायित्व पूरा गरिरहेकोप्रति आभार व्यक्त गरे । विद्यालयले मात्रै बालबालिकालाई जीवनका सबै शिक्षा सिकाउने नभई माध्यममात्र भएकाले घरबाट नै अभिभावकहरुले आफ्ना नानीबाबुका बारेमा सचेत हुनुपर्नेमा जोड दिए । शैक्षिक विकासका लागि नीजि शैक्षिक संस्थाहरुले पुर्याएको योगदानलाई राज्यले पनि सम्मान गर्नुपर्ने उनले उल्लेख गरे । कार्यक्रमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

१ हजार बढी विद्यार्थी रहेको इडन स्कुलले विद्यार्थीहरुलाई नयाँ शैक्षिक सत्रका लागि शुभकामना व्यक्त गरेको छ । विद्यालयका प्राचर्या शिवहरी भट्टराईले शैक्षिक गतिविधिसँगै विभिन् खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको दाबी गरे । केही समयअघि सम्पन्न क्रिकेट प्रतियोगिताको छनोटमा समेत यो विद्यालयमा ५ जना विद्यार्थी छनोट हुन सफल भएको बताउँदै उनले नगर, जिल्ला तथा प्रदेश स्तरमा हुने खेल गतिविधिहरुमा सहभागिता रहँदै आएको उल्लेख गरे । कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, अतिथी लगायतलाई स्वागत गर्दै विद्यालयका उप–प्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे । पाठ्यक्रम बाहेक व्यवहारिक र सामाजिक ज्ञान सीप प्रदान गरेर समाजका लागि उदाहरणीय र सक्षम नागरिक निर्माण विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरुले तयार पारेका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । विद्यालय बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित