मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

भैरहवामा होटल छैनन् भन्ने बिमानस्थलका महाप्रवन्धकको त्यो अभिव्यक्ति !

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका विषयमा बिमानस्थल सन्चालनका बिषयमा बिमानस्थलका महाप्रवन्धकले गलत रिर्पोटीङ गरेपछि पत्रकार र महाप्रवन्धक बिच चर्काचर्की परेको छ।

बिमानस्थलको जानकारी लिन आएकी नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलाई बिमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले भैरहवा तथा विमानस्थल एयरपोर्ट आसपासमा प्रयाप्त होटल नहुंदा विमानस्थल सुचारु गर्न नसकिएको बताएका थिए।

पाण्डेले मन्त्रीलाई उक्त रिर्पोटिङ गरे लगत्तै त्यहा रहेका पत्रकारहरुले महाप्रवन्धक पाण्डेलाई थर्काएका थिए। पत्रकारहरुले आफ्नो गल्ती ढाक छोप गर्न भैरहवाको बारेमा गलत व्रिफिङ्ग किन? गरेको भनेर प्रश्न गरेपछि पाण्डे हायल कायल भएका थिए।

पत्रकारले पाण्डेको गलत ब्रिफिङ सच्याउनु पर्ने भन्दै प्रतिवाद गरेपछि उक्त रिर्पोटलाई सच्याउने बताएका थिए।
पाण्डेलाई पत्रकारहरुले लुम्बिनी र भैरहवा गरी करीब ५ हजार ब्यक्ति राख्न सक्ने क्षमताका होटलहरु भएको भन्दै बस्तुस्थी बुझेर मात्र ब्रिफिङ गर्न चेतावनी दिएका थिए।

होटल व्यवसायीहरु यस आसपासमा होटल तथा रेष्टुरेन्टहरुमा ३० अर्व भन्दा बढी लगानी भएको र विमानस्थललाई आधार बनाएर पछिल्लो समय होटलमा मात्र यहांका व्यवसायीले थप ४० अर्ब बढी लगानी गरेको बताउदै आएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित