तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा संञ्चालनको माग गर्दै धर्ना बस्नुपर्ने अवस्था आएको हो ?

बुटवल । हिजो शुक्रबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमासञ्चालनको मागगर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिए । र आन्तरिक उडान बन्द गर्ने चेतावनी पनि दिए ।
धर्ना दिनुको मुख्य कारण थियो, विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आओस् । व्यवसायीको यो माग जायज हो । निजी क्षेत्रका संघ संस्थाहरुले भैरहवामा सकिनसक्दै बुटवलमा भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अधिबेशनमा पुर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्बद्ध निकायको हेलचक्रयाई र कमजोरीका कारण भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताए ।
यता व्यवसायीले धर्नाको एक्येबद्धता समेत जनाएका पौडेलले कमिजोरी गर्नेसबै निकायले कमजोरी सुधार गर्नुपर्ने बताए ।
४० अर्बको लगानीमा बनेका विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा धेरैले यसलाई छिटो पूर्ण रुपमा सञ्चालन गर्न माग गरिरहेका छन् । यहि विमानस्थल लाई लक्षित गर्दै रुपन्देहीमा ठुला लगानीमा होटल खुलिरहेका छन भने पर्यटकिय नयाँ गन्तव्यहरु पनि तयार भइरहेका छन् ।
विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

सञ्चालनमा आएको महिनौँ दिन वित्दा समेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिनमात्रै एक–एक उडान हुँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित