तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगितामा सुरु

लुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् । पुर्व प्रधानमन्त्री केपी एमाले अध्यक्ष लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले बिमला राना र मोहन घलेलाइ दिएर प्रतियोगिता सुरु गरेका हुन् । उनी एकेडेमीका संरक्षक पनि हुन । मायादेवी मन्दिर अगाडिबात्त सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।

दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित