बुटवल । लुम्बिनीमा झण्डै एक महिनापछि सोमबारबाट प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार पनि बैठक बसेको छ । दुवै बैठकमा मुख्यमन्त्री लिला गिरि अनुपस्थित भएका छन् । बैठकमा कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री गिरिको राजीनामा माग गरिरहेका छन । कांग्रेसका सांसद बसिउद्धिन खांले मुख्यमन्त्रीलाई सदन फेस गर्ने हैसियत नभएको बताउनुभयो । उनले सदन फेस गर्ने आट गिरी संग नभएकाले सवै विश्वास गुमाएको बताए । साथै उनले ५३ जना सांसदहरु आफ्नो गठबन्धनमा भएमो ३३ सांसद सहितको अल्पमतको सरकारले निर्लज्जतापुर्वक शासन गर्ने दुस्प्रयास गरिरहेको बताए ।
सांसद खांले बहिरगमन हुन लागेको सरकारलाई ठूलो निर्णय गर्न अधिकार नभएपनि सरकारले जथाभावि बजेट खर्च गरिरहेको आरोप लगाए । प्रदेश सभामा बोल्दै कांग्रेसका अर्का सांसद राजु खनालले धारा र उपधारा हेरेर अलमल नगर्न मुख्यमन्त्रीलाई सुझाब दिए ।
नेकपा एमालेका सांसद चिन्तामणि पाण्डेले बर्तमान सरकार स्वभाविक ढंगले बहिरगमन हुने बताए । सत्तामा जान साथीहरुलाई हतार भएको भएपनि यो सरकार स्वभाविक ढंगले बहुमत सिद्ध गर्न नसकेन बहिरगमन हुने बताए ।
एमालेका अर्का सांसद तुल्सी चौधरीले नैतिकता मुख्यमन्त्रीको गुमेको नभई सरकार गठन गरिपाउं भनि निवेदन दिनेको गुमेको बताए । साथै उनले सरकार गठनका बेला दिएको समथैन फिर्ता गरी सरकार गठनका लागि प्रदेश प्रमुखकोमा निवेदन लिएर जानु नैतिकता हिन भएको बताए ।
त्यस्तै उनले एमालेको सरकारले एक महिनाभित्र बहुमत सिद्ध गर्न नसके राजीनामा दिने बताए । तर विश्वासको मत नपाएपनि फेरि एमाले नेतृत्वको सरकार नै बन्ने चौधरीको दाबी छ । मुख्यमन्त्री गिरीले विश्वासको मत नपाए फर्केर १६८ को २ मा नगई उपधारा ३ मा जाने र सदनमा सबैभन्दा ठूलो दलले सरकार बनाउने अवसर पाउने उनको भनाई छ । प्रदेश सभाको अर्को बैठक वैशाख ९ गते बस्ने भएको छ ।










