मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामीले आफै गरिखाने शिक्षामा जोड दिनुपर्दछ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने । पछिल्लो समय विदेशीने विद्यार्थीहरुको संख्या बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गिरीले माटो सुहाउँने खालको सीप प्रदान गर्नका लागि शिक्षालयहरुले ध्यान दिनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माणाधिन शिक्षालय भवनको अवलोकन गर्दै गिरीले अन्य आवश्यक संरचना निर्माण लगायतका कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना काम गरेको बताउँदै मुख्यमन्त्री गिरीले शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्यले शिक्षालयका बारेमा जानकारी गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित