तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

बजारमा गुणस्तर कायम गर्नको लागि नापतौलको यन्त्र उपयुक्त रूपमा राख्नु भएकोले व्यवासयाीहरु सचेत बन्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घले बुटवलमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका ढक ,किला काँटा ,लिटर मिटर अनिवार्य रूपमाजाँच गराउनु पर्ने जोड दिएको छ । यसरी नापतौल यन्त्रमा सचेत बनेका व्यवासायीहरुको विश्वसनीयता र गुणस्तरमा वृद्धि हुने बताएको छ ।

गुणस्तर तथा नापतौल सम्बन्धमा कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले नापतौलको रूपमा अनिवार्य रूपमा अनुमति पत्र ल्याउनु पर्ने बताउँदै व्यापारी तथा उद्योगीहरूले त्यसलाई ध्यान दिनु पर्ने बताए ।

उनले संसारभर नै ढक, तौल, लिटर, मिटर जाँच गर्ने प्रचलन हुने भएकोले नापतौलको लाईसन्स लिएपछि उपभोक्ताको विश्वास बढ्ने बताए । उनले यस्तो नगर्ने माथि कानुन अनुसार नै अगाडि जाने बताए ।

खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष मोहन बस्याले ढक तराजु कार्यालयमा दर्ता र नविवरण गर्नको लागि आफ्ना सदस्यहरू उत्सुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रमका निरीक्षक अधिकृत दीपेन्द्र रोकाया , सङ्घका महासचिव गोपाल कुमार प्रधान , ढक काटा दर्ता तथा नवीकरण उपसमिति संयोजक कुलचन्द्र गौतम लगायत बोल्दै ढक तराजु सहज रूपमा नवीकरण गर्ने वातावरण तयार गर्न आग्रह गरेका थिए ।

पहिलो चरणमा आइतबार र सोमबार सङ्घको कार्यालयमा ढक काटा को नवीकरण र दर्ता गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित