तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा हुने विश्व हिन्दु महासंघको राष्ट्रिय सम्मेलनको तयारी पूरा

बुटवल । ‘विश्व भरिका ॐ कार परिवारको एक मात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ भन्ने मुल नारासहित विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुने भएको छ । यहि चैत २१ र २२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्याक्तिहरुको सहभागीतमा महासभा हुन लागेको हो ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र अधिकारीले देशभरबाट आउने प्रतिनिधी, पर्यवेक्षकहरुको वास स्थान व्यवस्थापन तथा महासभाका लागि बुटवलमा आयोजना हुने भव्य सोभा यात्राको तयारी पूरा गरिएको जानकारी दिए । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले यहि चैत २१ गते विहान ११ बजे विश्वहिन्दु महासंघ रुपन्देही रहेको स्थान हाटबजारबाट शोभा यात्रा कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने जानकारी दियो । अन्तर्राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका शन्तहरुलाई प्रमुख अतिथि बनाएर मुल कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।
राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरुप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए । शिसु कक्षादेखि विश्व विद्यालयसम्मको पाठ्यक्रममा परिमार्जित गरी स्वरोजगारमुलक मौलिकता झल्कीने रोजगारमुलक वैज्ञानिक पाठ्यक्रम निर्माणको लागि पनि महासभावले विशेष पहल गर्ने जनाइएको छ ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खडालले हिन्दु राष्ट्रको अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् । यस्तै वरिष्ठ सल्लाहार तथा पूर्व सांसद शंकर प्रसाद पाण्डेले सबैको एकता र सद्भाव झल्कीने प्रकृतिको सनातन हिन्दु राष्ट्रको विकल्प नभएको बताए । उनले हिन्दु गुरु राष्ट्र समेत नेपाल भएको भन्दै सोही अनुसार पहल कदम आवश्यक रहेको बताएका हुन । यस्तै केन्द्रीय सदस्य अर्जुन कुमार पौडेलले राष्ट्र रक्षा, हिन्दु राज्यको विकल्प नभएको भन्दै यो अभियानले निस्कर्ष पाउने समेत बताए । सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले नेपाली हिन्दु ऋषिमुनीहरुबाट विश्वमा विज्ञानका आविश्यहरु भएको भन्दै नेपाली बेद पुराणाको महत्व विश्वले बुझ्नुपर्ने बताए ।
महासभा मुल कार्यक्रम आयोजक समितिका संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले रुपन्देहीमा राष्ट्रिय महासभा आयोजना हुनु आफैमा गौरवको विषय भएको बताए । उनले रुपन्देही आउने करिव १ हजार ५ सय प्रतिनिधी, पर्यवेक्षकहरुको लागि व्यवस्थापन गरिएको जानकारी दिए । उनले कार्यक्रम पूर्व आयोजना हुने रर्यालीमा भव्य रुपमा ओमकार परिवार भित्रका विभिन्न धार्मिक संघ संस्थाहरुको सहभागीता हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित