मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

चलचित्रको दोस्रोदिनको कार्यशाला लुम्बिनीमा, जीवनीमा फिल्म र दर्शन

लुम्बिनी। चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ।  हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र लुम्बिनी प्रदेशको बिकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक बिमल पौडेलले बताए ।कार्यशालामा चलचित्र निर्माण, जिबनिमा आधारित चलचित्रको ईतिहास र बर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद,पटकथा, पत्रकारिता सम्बन्धी बिशेष कक्षा रहने छ।

चैत्र १७  गते देखि शुरु भएको लुम्बिनीमा संचालित ३ दिने कार्यशालामा चलचित्र क्षेत्रका ज्युदो ईतिहास प्रकाश सायमी,ख्यातिप्राप्त कलाकार सुनिल थापा,कलाकार बसुन्धरा भुसाल, कलाकार, निर्माता , निर्देशक विश्व बिक्रम बस्नेत,कथाकार तथा लेखक बिक्रम भक्त जोशी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, निर्देशक तथा लेखक राजेन्द्र सलभ, लुम्बिनी बौद्ध विश्वविद्यालय निमित्त उपकुलपति डा तिलकराम आचार्य ,डिन माणिक रत्न शाक्य , उपप्राध्यापक दयानिधी गौतम,चलचित्र पत्रकार संघ रुपन्देहीका निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, कन्चन खबरका सम्पादक जगिलाल थापा  लगायतको सहजीकरण रहेको छ।

दोस्रो दिनको कार्यशालाको स्वागत चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गरेका हुन् भने संचालन सचिव बिकास गौतमले गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित