तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रानीमहल – नेपालको ताजमहल | सय बर्ष अघिको इन्जिनियरिङ ॥ रानीमहल भित्रको रहष्य

नेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न सकिन्छ । नदी प्राय: उत्तरवाट दक्षिणतर्फ बग्ने गर्छ । रानी महल छेउमा कालीगण्डकी दक्षिणवाट उत्तरतर्फ बगेको छ ।

पाल्पा गौंडाका तैनाथवाला जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी १९५४ सालमा रानीमहल निर्माण गरी सकेका थिए । रानी महल खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक हो । रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको रानीमहललाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ ।

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ (१४ फ्रेब्रुअरी) का दिन रानीमहलमा युगल जोडीको भीड लाग्ने गर्छ । रानी दरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास गर्दछन ।

यो महल युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूल ढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित