रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

रानीमहल – नेपालको ताजमहल | सय बर्ष अघिको इन्जिनियरिङ ॥ रानीमहल भित्रको रहष्य

नेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न सकिन्छ । नदी प्राय: उत्तरवाट दक्षिणतर्फ बग्ने गर्छ । रानी महल छेउमा कालीगण्डकी दक्षिणवाट उत्तरतर्फ बगेको छ ।

पाल्पा गौंडाका तैनाथवाला जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी १९५४ सालमा रानीमहल निर्माण गरी सकेका थिए । रानी महल खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक हो । रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको रानीमहललाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ ।

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ (१४ फ्रेब्रुअरी) का दिन रानीमहलमा युगल जोडीको भीड लाग्ने गर्छ । रानी दरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास गर्दछन ।

यो महल युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूल ढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार