तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा निगम

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान गर्ने भएको छ। निगमले अप्रिलबाट लागु हुने गरी यो विमानस्थलबाट साताको दुईवटा उडान स्लट पाएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार साताको मंगलबार र विहीबार उडान गर्ने तालिका पाएको छ।

उनका अनुसार निगमले काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान गर्नेछ। भैरहवाबाट उडानका लागि निगमले गृहकार्य थालिसकेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले भाडादर भने तय गरेको छैन। प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै केही महिना अघि काठमाडौं-दिल्ली उडानको स्लट काटेको थियो।

त्यो स्लट काटेपछि प्राधिकरण र निगमको नेतृत्वबीच विवाद पनि भएको थियो। त्यसपछि प्राधिकरणलाई समस्यामा पार्न निगमले काठमाडौं-दिल्ली- भैरहवा- काठमाडौं उडानको प्रस्ताव राखेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित