तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरपालिकाका अमिन दुई महिना निलम्बनमा

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यापालिका बैठकले नगरपालिकामा कार्यारत अमिन सागर बेबारे विकलाई निलम्बन गरेको छ । गत चैत १४ गते बसेको कार्यपालिका बैठकले विकलाई दुई महिनाका लागि निलम्बन गरी आवश्यक छानविन गर्ने निर्णय गरेको हो । यस अघि २०७८ साल चैत २२ गते नगरपालिकाले विकलाई कार्य जिम्मेबारप्रति संवेदशील नभएको भन्दै सचेत समेत गराएको थियो ।

तर उनको कार्यशैलीमा कुनै पनि सुधार नआएको कारण उनलाई कारवाही गरिएको हो । उनले जग्गा नाँपजाँच र नक्सापासका लागि आएका सेवा ग्राहीहरूसंग घुस समेत लिएको उजुरी परेको थियो । उनले केही दिन पहिला जग्गा नाप जाँचका विषयमा वडा नम्बर १ का अध्यक्ष सुरज जयसवालसँग वादविवाद समेत गरी कार्यकक्षमा नै गाली गलौच र दुव्र्यवहार समेत गरेका थिए ।

उनलाई पटक-पटक सचेत गराउँदा समेत बारम्बार आचारहिनकाम गरेको, सेवा ग्राहीको गुनासो र पिरमर्कालाई वेवास्ता गर्ने गरेको र घुस समेत लिने गरेको कारण उनलाई कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित