मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

युट्युब,टिकटक लगायत सामाजिक सञ्जालसंग डराउनुपर्दैनः केपी ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसंग टेलिभिजनहरु डराउनु नपर्ने बताएका छन् । बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा बोल्दै नेता ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए । ‘टेलिभिजनहरु युट्युब,टिकटक,फेसबुक आदिसंग तर्सिएको देख्छु’–ओलीले भने–‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब,टिकटक र फेसबुकसंग डराउन हुंदैन ।’
विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रशारण शुरु भएको उल्लेख गर्दै ओलीले बदलिंदो समय अनुसार नयां प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।
२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आइनसकेको बताए ।
मन्तव्यका क्रममा ओलीले पाल्पाको रानीमहल दरबार ऐतिहासिक धरोहर भन्दै यसबाट प्रेरणा लिनुपर्ने बताए । आफू प्रधानमन्त्री हुंदा रानीमहलसहित एकसय स्थानलाई पर्यटकीय स्थल घोषणा गरेको स्मरण गर्दै रानी तेजकुमारीको स्मरणमा खड्कशमशेरले बनाएकोले यसको नाम रानीतेजमहल बनाउनुपर्ने बताए । ’रानीमहल त कस्को हो कस्को भन्ने पर्छ नि, तेजकुमारीको नाममा बनाएकाले यसको नाममा तेज जोडिनुनुपर्दछ, सबैले यसलाई यही भनेर बुझौं ।’ ओलीले भने ।
अध्यक्ष ओली आजै पाल्पाको रानीतेजमहलमा सेल्फी खिचेर आएको बताए । मिसन ग्रासरुट अभियानमा लुम्बिनीका ५ जिल्लामा रहेका उनी आजै रुपन्देहीको अभियानलाई सम्बोधन गरेर काठमाण्डौं फर्कने तयारीमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित