तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीको धुर्कोटमा बोका पाठालाई लगाईयो तीन महिने संगिनी सुई

गुल्मीको धुर्कोट गाउँपाकिाका दुईवडामा बोका पाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ । गाउँपालिकाले सूचना नै निकालेर सोमबार त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ ।

सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृतले सूचनामा जनाएका छन् । उनले आइन्दा यसरी सुई नलागनसमेत भनेका छन् ।

पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले तीन महिने सुइृ लगाएको बताइएको छ । आगामी दिनमा यसरी सुई लगाए कानुनअनुसार कारबाही गरिनेसमेत सूचनामा चेतावनी दिइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित