कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई एपेक्स स्कुलले गर्‍यो सम्मान

क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई रुपन्देहीको तिलोत्तमा १ मा रहेको एपेक्स स्कुलले सम्मान गरेको छ । उनी नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक हुन् भने आइसीसी क्रिकेट मेन्स वल्ड कप लिग २ का सह प्रशिक्षक समेत हुन् । नेपाली टीम वल्ड कपमा क्वालिफायर्समा गरेको योगदानसहितको खुसीयालीमा उनलाइ सम्मान गरिएको हो ।

एपेक्स स्कुलमा शेयर होल्डर समेत रहेका ठकुरीलाई एक समारोहका बिचमा स्कुलले दोसल्ला खादा र मालाले सम्मान गरेको हो ।सो अबसरमा लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई ,पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा,स्कुलका अध्यक्ष शिवप्रसाद भट्टराई, प्राचार्य दीपक गाैतम,उमेश श्रेष्ठ लगायतले सम्मान गरे ।basanta sahi.jpg कार्यक्रममा बाेल्ने वक्ताहरुले नेपालमा खेलकुदको अपार संभावना रहेपनि सरकारले यथेष्ट खेलमैदान लगायतका सामाग्री,प्रविधिको बन्दाेबस्त गर्न नसकेको बताए ।

ठकुरीलाई २०७८ मंसिरमा नेपाल क्रिकेट संघ क्यानले एसीसी यू१९ एसिया कपको लागि समेत नियुक्त गरेको थियो ।प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।Basanta-Shahi-thakuri.jpg

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित