लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई एपेक्स स्कुलले गर्‍यो सम्मान

क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई रुपन्देहीको तिलोत्तमा १ मा रहेको एपेक्स स्कुलले सम्मान गरेको छ । उनी नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक हुन् भने आइसीसी क्रिकेट मेन्स वल्ड कप लिग २ का सह प्रशिक्षक समेत हुन् । नेपाली टीम वल्ड कपमा क्वालिफायर्समा गरेको योगदानसहितको खुसीयालीमा उनलाइ सम्मान गरिएको हो ।

एपेक्स स्कुलमा शेयर होल्डर समेत रहेका ठकुरीलाई एक समारोहका बिचमा स्कुलले दोसल्ला खादा र मालाले सम्मान गरेको हो ।सो अबसरमा लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई ,पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा,स्कुलका अध्यक्ष शिवप्रसाद भट्टराई, प्राचार्य दीपक गाैतम,उमेश श्रेष्ठ लगायतले सम्मान गरे ।basanta sahi.jpg कार्यक्रममा बाेल्ने वक्ताहरुले नेपालमा खेलकुदको अपार संभावना रहेपनि सरकारले यथेष्ट खेलमैदान लगायतका सामाग्री,प्रविधिको बन्दाेबस्त गर्न नसकेको बताए ।

ठकुरीलाई २०७८ मंसिरमा नेपाल क्रिकेट संघ क्यानले एसीसी यू१९ एसिया कपको लागि समेत नियुक्त गरेको थियो ।प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।Basanta-Shahi-thakuri.jpg

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित