कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु…

दिपक न्यौपाने

बुटवल । एन्फा टेक्निकल सेन्टर देबिनगर बुटवलको खेलमैदानमा यतीबेला तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतीयोगीता सन्चालन भइरहेको छ । आयोजक जिल्ला फुटबल सघं रुपन्देहीले गत शनिबार बाट शुरु गरेर शनिबार नै २२ औ संस्करणको फाइनल तयारी गर्दैछ । चैत्र ४ गतेदेखी सन्चालनमा आएको प्रतीयोगीताले ४ बर्षपछी निरन्तरता पाएको हो । ११ लाख ११ हजार १ सय ११ को प्रथम पुरस्कार राशी रहेको प्रतीयोगीता हेर्दा जती भब्य बाहिरबाट देखिन्छ त्यो भित्र उत्तिकै मेहेनत देखिएको छ ।
जसमा गोल्डकपलाइ सफल पार्न पर्दा पछाडीबाट आफ्नो भुमिका कुशलतापुर्वक सम्पन्न गर्ने तिन पात्र देखिएका छन , बुद्धि गुरुङ, शंकर मल्लाहा र गोपीराम पुन । उनीहरुले पाएको जिम्मेबारी यती कुशलतापुर्वक सम्पन्न गर्छन कि फुटबल सघंका अन्य पदाधीकारीहरुले समेत उनीहरुबाट सिक्न जरुरी देखिन्छ । जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्षसमेत रहेका बुद्धि गुरुङ गोर्खा ब्याइज स्पोर्टस क्लबमा समेत आबद्ध छन । आफ्नो भुमिका जे हो त्यो कुशलतापुर्वक निर्बाह गर्ने मेरो बानी छ , दायाबाया म जान्दिन गुरुङ भन्छन – मेरो जिम्मेबारी ग्राउन्ड मेटेनेन्स देखी आर्थीक संकलनसम्म छ तर मैले गोल्डकपलाइ कसरी राम्रो र सफल पार्नुपर्छ भनेर लागीपरेको छु । जसले जे सक्छ त्यही गर्ने हो । ”
एन्फा टेक्निकल सेन्टरका पुर्व निर्देशक समेत रहेका उनीजस्तै काममा निरन्तर खटिरहनेमा पर्छन शंकर मल्लाहा । मल्लाहा हाल जिल्ला फुटबल सघं रुपन्देहीका सचिब हुन । गुरुङजस्तै उनलाइ न लाइम लाइटमा आउनु छ न कुनै तडकभडक । पाएको जिम्मेबारी के हो त्यो पुरा गर्ने हो , मल्लाहा भन्छन–काम गर्ने हो प्रतीयोगीतालाइ सफल पार्ने हो अरुको बिषयमा चासो दिदीन । सम्पुर्ण टिम लागेका कारण प्रतीयोगीता यहासम्म आइपुगेको छ । ”


यातायात तथा टिम ब्यबस्थापनमा रहेर काम गरिरहेका उनी पहिलेदेखी नै पाएको जिम्मेबारी पुरा गर्ने पदाधिकारीमा पर्छन । यस्तै जिल्ला फुटबल सघं रुपन्देहीमा यसअघी पनी कोषाध्यक्ष रहेका भुपू सैनीकका गोपीराम पुन पर्दा पछाडीका अर्का हिरो हुन ।
टिकट ब्यबस्थापनमा लागेका उनी जिल्ला फुटबल सघं रुपन्देहीका भरपर्दा पदाधिकारीमध्ये दरिलो खम्बा हुन । पाएको जिम्मेबारी फत्ते गर्ने पुन फुटबलका लागी आफैमा अनुशासीत लगनशिल र मेहेनती मात्र छैनन झर्को नमानी जिम्मेबारीलाइ कुशलतापुर्वक सम्पन्न गर्न माहिर मानिन्छन ।
जिल्ला फुटबल सघं रुपन्देहीमा दर्जन बढी क्लबहरुको आवद्धता रहेको छ तर केही क्लबका पदाधीकारीहरुले जिम्मेबारी पनी पाएको देखिदैन । यो बिचमा प्रतीयोगीताको फाइनल चरणसम्म आउदा पर्दापछाडीका केहि पदाधीकारीहरुको भुमिका अत्यन्त महत्वपुर्ण मानिएको छ । बुटवल उपमहानगरपालीको संरक्षकत्वमा सन्चालन भएको तिलोत्तमा गोल्डकप आफैमा यस क्षेत्रको प्रतीष्ठित गोल्डकप हो जसलाइ एन्फाले क श्रेष्ठीमा समेत राखेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित