निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने

पेनाल्टी सुटआउंटमा ४–३ ले फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाईनलमा पुगेको छ । मनाङ मस्र्याङदीले शनिबार सुदुरपश्चिम ११ संग फाईनल प्रतिस्पर्धा गर्नेछ । विहिबार भएको दोस्रो सेमिफाईनल खेलमा निर्धारित समयको खेल २÷२ को बराबरी भएपछि खेल नतिजाको टुंगो पेनाल्टीबाट लिइएको थियो । त्यस अघि सुरुवाती अग्रता भने फ्रेन्ड्स क्लवले लिएको थियो । पहिलो हाफको ७ औं मिनेटमा फ्रेन्ड्स क्लवका रफिक अमिनोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २६ औं मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता बनाए । तर पहिलो हाफको ईन्जुरी समयमा मनाङ मस्याङदीका आशिस गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थिती बनाए । पहिलो हाफ सम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लवले दोस्रो हाफको २ मिनेटमै गोल खान पुग्यो । मनाङ मस्याङदीका प्रसन्न श्रेष्ठले गरे । त्यसपछि दुवै टिमबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन र खेल २÷२ को बराबरी हुन पुग्यो । त्यसपछि खेलको नजिता पेनाल्टी बाट लिइएको थियो । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयां पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयां दिने निर्णय गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित