बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार                
समाचार :

बुटवलमा लालपुर्जा विहीन जग्गाको सर्भे सुरु

बुटवल उपमहानगरपालिकाले नापजाँच हुन बाँकी रहेका लालपुर्जाविहीन जग्गाहरूको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरूमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे सुरु गरेको हो ।

बुटवल ११ सिर्जनानगरमा सर्भेको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्र लालपुर्जा नपाएकाहरूलाई लालपुर्जा दिलाउनका लागि उपमहानगरपालिकाले सबै प्रयास गर्ने बताए ।

उनले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लकहरू छिटै नै नापजाँचको प्रक्रियामा जाने बताए।

नगरप्रमुख पाण्डेयले अहिले वडा नं २, ११ र १२ का जग्गाहरूको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताए ।

वडा नं २ का करीब ३ सय घरधुरी, ११ का करीब ४ सय घरघडेरी र १२ का करीब १ सय २० घरधुरीको नापजाँच अगाडि बढेको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए । उनले डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताए।

सर्भेमा बुटवल उपमहानगरपालिकाका ५ जना सर्भेक्षकहरू खटिएको र छिट्टै नै डीजीपीएस सर्भे पूरा गरी नापजाँचको काम सुरु गर्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार