लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

२२ तस्वीरमा हेर्नुहोस्- लुम्बिनीको आँगन

हरिया समथर फाँट। वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप। चिटिक्क परेका पदमार्ग। मन्दमन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताका। चराचुरुंगीको चिरबिर। त्यससँगै मिसिएको गेरुवस्त्र पहिरिएका तन्नेरी तथा वृद्धवृद्धाको मधुर स्वर।

सहजै अनुमान लगाउन सकिन्छ, यो लुम्बिनीको आँगन हो। यो आँगनमा टेक्नुभएको छ? वा, पछिल्लो पटक कहिले पुग्नुुभएकोे थियो? कति समय बिताउनुभयो? या, लुम्बिनी पुग्नुभएको छैन?

जे होस्, लुम्बिनीसँगै जोडिएर आउने अर्को नाम हो, गौतम बुद्ध। अझ नेपालमा त लुम्बिनीको चर्चा हुने बित्तिकै ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर नारा लागिहाल्छ। हुन पनि शाक्यमुनि बुद्ध नेपालको भूभागमा जन्मिएका थिए। त्यो भनेको लुम्बिनी नै हो।

बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने तीन वटा प्रमाण छन्। पहिलो, ‘मार्कर स्टोन’। लुम्बिनीमा भेटिएको ‘मार्कर स्टोन’ यहीँको रैथाने ढुंगा होइन। “अन्यत्रबाट ल्याएर राखिएको हो,” लुम्बिनी सम्बन्धी अध्ययन गर्दै आएका अध्येता वसन्त महर्जन भन्छन्, “त्यसले पनि लुम्बिनीको महत्त्व बुझाउँछ।”

दोस्रो, सम्राट् अशोकले गाडेको स्तम्भ। यो स्तम्भ पनि यस क्षेत्रमा नपाइने चट्टान हो। यो बनारसको गंगापारिबाट ल्याइएको हो। भारतवर्षभरि यस्ता स्तम्भ छरिएका छन्। यो सबैभन्दा उत्कृष्ट छ।

किनकि, यो स्तम्भमा कुँदिएका अक्षर र तिनले बोकेको अर्थले यसको महत्त्व झल्काउँछन्। यो स्तम्भमा प्रयोग भएको भाषा पाली हो भने लिपि ब्राह्मी छ। यसका केही पक्ष अन्य अभिलेखमा नपाइने अध्येता महर्जन बताउँछन्।

सम्राट् अशोकलाई सम्बोधन गर्ने शब्द हो, ‘पियदसि’। प्रायः सबै स्तम्भमा ‘पियदसि’ लेखिएको हुन्छ। “यहाँ ‘देवानपियेन पियदसिन’ लेखिएको छ। महत्त्व दिएर राखिएको हो,” महर्जन अर्थ कोट्याउँछन्।

शव्द: हिमाल खवरबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित