रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमा गोल्ड कपमा रेफ्री बिबाद चरम उत्कर्षमा

रुपन्देहीमा जारी २२ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता चलिरहदा विवाद र असन्तुष्टिहरु देखिएका छन । सामाजिक संजालदेखि मैदानमा दर्शकका असन्तुष्टिहरु पोखिने क्रममा छ । मोफसलमा सर्वाधिक धनराशी र प्रतिष्ठित फुटबल प्रतियोगिता प्रचार गरेपनि आयोजनाका क्रममा धेरै त्रुटिहरु देखिए । यसैको एउटा पाटो रेफ्री पनि बनेको छ । प्रतियोगिता जिल्लाका टप फाईभ रेफ्रीबाट खेल खेलाउने निर्णय कार्यसमितिमा छलफल नगरि भएको भन्दै रुपन्देही रेफ्री संघका २ जना पदाधिकारी र २ जना कार्यसमिति सदस्यहरुले मंगलबार लिखित राजीनामा दिएका छन । संघका उपाध्यक्ष प्रकाश नवाङ, सचिव रुपेन्द्र गुरुङ, कार्यसमिति सदस्य सुजु घले र बबि छन्त्याल राजीनामा दिएका हुन ।

प्रतियोगिताको तयारीकै क्रममा चैत ३ गते आयोजक रुपन्देही जिल्ला फुटबल संघले मिटिङ डाकेर प्रतियोगिता खेलाउन फिफा रेफ्री ल्याउने कुरा जानकारी रेफ्री संघमा भएको थियो । केहीसमयपछि यो निर्णय रोकेर २ जना राष्ट्रिय रेफ्री ल्याउने र थप यहाका रेफ्रीहरुलाई अवसर दिने भनिएको थियो । आर्मीका राष्ट्रिय रेफ्री विश्वास कार्की र उमेश बिडारीलाई खबर समेत गरियो । उनिहरुले बिदा मिलाएर आउने तयारी गरिसकेपछि भने एकाएक अन्तमा क्यान्सील गरेर स्थानिय जिल्लाकै टप पाच रेफ्रीबाट खेलाउने भनेपनि नाम गोप्य राखिएको थियो । यसक्रममा संघमा निर्णय नगरी टप फाईभ रेफ्रीमा आफुहरु पारेर खेल खेलाएको भन्दै अन्य रेफ्रीहरु बिबादमा उत्रेका हुन । रुपन्देहीमा बेसिक पास गर्ने क्रममा एक पटक फिटनेश पास गरेका बाहेक दोस्रो पटक फिटनेश पास गर्ने रेफ्री औलामा गन्न मिल्ने छन । बिसं २०७१ मा राष्ट्रिय रेफ्री बनेका अमर पुन जिल्लाको प्रतिनिधित्व गर्दै ४ पटक फिटनेश पास गरेका छन । उनिबाहेक जिल्लामा दुई पटक फिटनेश पास गरेका एउटै रेफ्री नरहेको उनले दाबी छ । यसैगरि संघका सचिव रुपेन्द्र गुरुङ पनि फिटमा पर्छन । प्रतियोगिता खेलाउन राखिएको टप फाईभ जिल्लाका रेफ्रीको छनौट गलत रहेको भन्दै उनिहरुले राजिनामा दिनुपरेको गुनासो गरे ।

आईतबार भएको हिमालयन शेर्पा र थ्रि स्टार क्लब बिचको खेलमा केही समय बिबाद भयो । हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रि ज्ञान बहादुर थापाबाट सन्तोषजनक खेल खेलाउन नसकेको पोष्ट प्रेस मिटमा भने । डिबक्सभित्र खेलाडी लडाउदा पेनाल्टी दिनुपर्नेमा नदिदा आफुहरु पराजित भएको उनको असन्तुष्टी थियो ।
सोमबारको भएको शसस्त्र प्रहरी बल एपीएफ क्लब र फ्रेन्ड्स क्लब बिचको खेलमा पनि केहीबेर बिबाद भयो । रेफ्री रिपेश शाक्यले दोस्रो हाफमा एपीएफबाट गोल गरिसकेपछि अफसाईड घोषणा हुदा खेलाडीहरु भनाभनमा उत्रेका थिए । टफ म्याचमा रेफ्रीको निर्णय महत्वपूर्ण हुने गर्दछ । केही समय पहिले पाल्पामा भएको श्रीनगर गोल्डकप खेलाउने क्रममा रिपेन शाक्यको बिबादित निर्णयकै कारण काठमाण्डौको टिम खेल छोडेको थियो । एपीएफ र काठमाण्डौको बिच भएको खेलमा अफ साईड गोलको विषयमा बिबाद बढेपछि अर्का रेफ्री कमल गुरुङलाई धक्काधक्की गरेर लामो बिबाद गरि खेल छोडेका थिए ।
फिटनेश फेल भएका खेलाडीहरु नै जिल्लाका टप फाईभमा पर्दा क्षमतावान रेफ्रीहरु भने ओझेलमा पर्ने अवस्था आएको भएको खवर न्यूज बुटवल टुडेमा छ । । जिल्ला रेफ्री संघमा ११ सदस्यीय कार्यसमिति रहेको छ । जसमा अध्यक्ष ज्ञान बहादुर थापा हुन । यसमध्ये ब्याच होल्डर रेफ्रीहरु छबि मल्ल, नबिन दलार्मी, पर्वत बिक, लक्की गुरुङ, सनी थापा लगायत बैदेशिक रोजगारमा रहेका छन । जिल्लामा २१ जना रेफ्रीहरु छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित