‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पक्लिहवा क्याम्पस चुनाव : सिरिन्जमा मसी हालेर मतपेटिकामा राख्दै गरेका ढकाल प्रहरीको नियन्त्रणमा !

रुपन्देहीको भैरहवास्थित पक्लिहवा क्याम्पस (कृषि क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानका क्रममा एक बिद्यार्थीले मतपेटिकामा मसी हालेका छन् ।बिद्यार्थी रबिन ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्दै गर्दा प्रहरीले उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

कृषि क्याम्पसमाअखिल (अनेरास्ववियु) र नेविसंघको गठबन्धनबाट प्रविन बस्याल र स्वतन्त्र उम्मेदवार सुवाष भुसालले अध्यक्ष पदको उम्मेदवार छन् ।

मतदानको क्रममा अखिल क्रान्तीकारीका ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्ने प्रयास गरे पनि निर्वाचन र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

निलो मसीले भरिएको सिरन्ज भित्री बस्त्रमा लुकाई छिपाई ढकालले मतदान केन्द्र सम्म पु¥याएका थिए, मतदान गर्नमा बढि समय लागेको र स्वरुपमा अस्वभाविक देखिएपछि खटिएको टोलीले चेकजाँच गर्दा सिरन्ज भेटिएको निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए ।

मतपेटिकमा हाल्ने प्रयास गरेपनि १-२ थोपा मसी मतपत्रमा परेको हुन सक्छ, अहिले शान्तिपूर्ण रुपमा हल भित्र २ ठाँउमा मतगणना भइरहेको छ, सामानुपतिक र प्रत्यक्ष तर्फको मतगणना भइरहेको खनालले भने ।

पक्राउ परेका ढकाल अखिल क्रान्तीकारीको तर्फबाट अध्यक्ष पदको लागि मनोनयन गरे पनि उम्मेदवारी फिर्ता लिएको नेविस‌घका सभापति सन्दीप पाण्डेले नागरिक अनलाइलाई बताए । ढकाललाइ जिप्रकाले अहिलेपनि नियन्त्रणमा राखिरहेको नेविसंघ पक्लिहवाका निवर्तमान सभापति सन्देश भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित