कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

थ्रि स्टारलाई हराउँदै सुदुरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाईनलमा

बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाईनलमा सुदुरपश्चिम ११ प्रवेश गरेको छ । बुधबार एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमिफाईनल खेलमा विभागिय टिम थ्रि स्टार क्लवलाई १–० ले हराउंदै सुदुरपश्चिम ११ फाईनलमा प्रवेश गरेको हो । सुदुरपश्चिम ११, २२ औं तिलोत्तमा गोल्डकपमा फाईनलमा पुग्ने पहिलो टिम भएको छ । सदुरपश्चिम ११ पहिलो पटक फाईनल चरणमा पुगेको हो । सुदुरपश्चिम ११ का लागि एक मात्र निर्णायक गोल खेलको ८६ औं मिनेटमा फागुराम थारुले गरे । बुधबारको खेलमा सुदुरपश्चिम ११ का विष्णु चौधरी म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलको दोस्रो खेल फ्रेण्डर्स क्लव र मनाङ मस्र्याङदीका बीच दिउंसो साढे ३ बजे हुनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयां एक थान मोटरसाइकल पुरस्कार पाउंदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित