लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार बाँकेको बाहुवली हर्बलमा आगलागी लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम लुम्बिनी प्रदेशमा मन्त्रीहरू थपिँदै, सरकारलाई पूर्णता दिन भागबन्डा लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक                
समाचार :

२० तस्वीरमा हेर्नुस् – भैरहवा क्याम्पसमा स्ववियु चुनाव

रुपन्देहीको भैरहवा स्थित भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि व्यवस्थापनमा भएको ढिलाईका कारण ९ बजेबाट मतदान सुरु भएको हो ।
क्याम्पस परिसरमा अहिले मतदान जारी छ, शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ भने, मतदान स्थल बाहिर विद्यार्थीहरुको हुुल रहेको छ । संगठगन, गठबन्धन र स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन । भैरहवा क्याम्पसमा अध्यक्षका लागि ७ जनाको उम्मेदवारी छ भने पक्लिहवा क्याम्पसमा गठबन्धन र स्वतन्त्र गरी २ जना अध्यक्षका दाबेदार रहेका छन । उम्मेदवार र समर्थकहरुले मत माग्दै हिडेका छन भने मतदाताहरु लामबद्ध भएर मताधिकारको प्रतिक्षामा छन । विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पसमा ३ हजार ३ सय ९४ जना मतदाता रहेको छन भने पक्लिहवा क्याम्पस तर्फ ६ सय ८९ मतदाता रहेका छन । चैत ५ गते निर्वाचन घोषणा भएपनि विवादले आज स्ववियु निर्वाचन हुदैछ ।

शव्द तस्वीरः मोहम्मद हबिब

   

          

   

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार