कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : कुन संगठनको रणनीति के ?

रुपन्देही । चैत ८ गते हुन गइरहेको रुपन्देहीको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गइरहेको छ ।

स्ववियु निर्वाचनमा एमाले निकटको अनेरास्ववियुले सिंगल प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा बनाएको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भण्डारीले आफ्नो उम्मेदवारी निस्कृय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरेपछि थप बलियो बनेका छन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादी पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिस्पर्धा गर्दैछन् ।

एमाले सर्मथित न्यौपानेको सिंगल प्यानल र राप्रपा माओवादी तालमेलको मनिष ढकालमध्ये एक प्यानलले निर्वाचन जित्ने विद्यार्थी संगठनको अनुमान छ । ‘यहाँको चुनाब न्यौपाने र ढकालकै प्रतिस्पर्धा देखिन्छ । अनुप द्विवेदी र जैनुद्धिन देवानले कसको भोट बढी काट्छन् त्यसमा भर पर्छ । सामन्यतया नियमित विद्यार्थीको हिसाब, सबैसँग बढी हेलमेल भएको विद्यार्थीको हिसाबले अन्य उम्मेदवार भन्दा सागर बलियो देखिएका छन्’, विद्यार्थी अनुप पन्थीले बताए ।

द्विवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन र स्वतन्त्र मधेसी युनियनले समर्थन गरेको छ । यसैगरी देवानलाई लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।

यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अजय भण्डारी, नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिलकुमार भुजले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थीलाई निर्वाचनमा सहभागी गराइने मुख्य निर्वाचन आयुक्त इन्द्रबहादुर विश्वकर्माले बताए ।

२०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपूर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ । २०२५ साल भदौ ४ गते पब्लिक क्याम्पसका रूपमा स्थापना भएको तत्कालीन सिद्धार्थ कलेज रुपन्देहीको पहिलो क्याम्पस पनि हो ।

२०३० सालमा देशमा नयाँ शिक्षा लागू भएसँगै सिद्धार्थ कलेजबाट त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भएको उक्त क्याम्पस हाल भैरहवा बहुमुखी क्याम्पसका नामले परिचित छ । भैरहवा क्याम्पसमा अध्ययनताका राजनीति गरेका विद्यार्थी नेताहरु नेपाली राजनीतिमा पनि चर्चित रहेका छन् ।

चर्चित राजनीतिज्ञ तथा एमाले नेता स्वर्गीय जीवराज आश्रितदेखि पूर्वउपप्रधान तथा गृहमन्त्री एवं एमाले नेता वामदेव गौतम, पूर्वमन्त्री तथा वर्तमान सांसदसमेत रहेका राप्रपा नेता दीपक बोहरा, वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल प्रहरीका पूर्व आइजिपी कुबेरसिंह राना, सहिद यादवनाथ आलोक, नेकपा एमालेका नेताहरु नेत्र पन्थी र विजय पौडेल, कर विभागका उच्च अधिकृत महाराजा कोइराला, चर्चित गायककार हेमन्त शर्माजस्तास्थापित व्यक्तित्वहरु भैरहवा क्याम्पसमै अध्ययन गरेका विद्यार्थी हुन् ।

यसैगरी सिद्धार्थनगरका पूर्वमेयर सागर राणा, पूर्वमेयर हरि अधिकारी, पूर्वउपमेयर उमा काफ्ले, वर्तमान उपमेयर उमा अधिकारी पनि भैरहवा क्याम्पसकै उत्पादन हुन् ।

नेपाली राजनीतिमा प्रभावशाली नेता जन्माउन सफल यस क्याम्पसको स्ववियु निर्वाचन अर्थपूर्ण मानिने गर्दछ । विगतमा पञ्चायतकालमा पञ्चहरुको उर्वरथलोको बीचमा पनि कम्युनिष्ट नेताहरु जन्माएको यो क्याम्पसमा वर्तमान अवस्थामा दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बहुदलपश्चात ०६२।०६३ को जनआन्दोलको अगाडिसम्म कहिले एमाले निकटको अनेरास्ववियु त कहिले नेपाली कांग्रेस निकटको नेविसंघले निर्वाचन जित्दै आएको सो क्याम्पसमा अहिले नेविसंघ सबैभन्दा कमजोर विद्यार्थी संगठनको रुपमा देखिएको विद्यार्थी नेताहरुको दावी छ । नेविसंघले लोसपाको सहयोगमा सचिव उम्मेदवार उठाएको छ ।

३ हजार २ सय २९ जना विद्यार्थीले मतदान गर्ने क्याम्पसको निर्वाचनलाई दलहरुले पनि महत्वका साथ हेरिरहेका छन् । एमाले सिद्धार्थनगरका अध्यक्ष चक्रबहादुर थापा, अनेरास्ववियु नेतृ लक्ष्मी के.सी, अनेरास्ववियु नेता सरोज ठकुरी, अनेरास्ववियुका नेता भिम भण्डारीले सागर न्यौपानेको टिमलाई जिताउनेगरी चुनावी कमाण्ड सम्हालेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार