मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल पावर कम्पनीका संस्थापक अड हफ्टनको निधन

बुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मिसिनरी अड हफ्टनको ९५ वर्षको उमेरमा निधन भएको छ।

उनी ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका उनले सन् १९५८ देखि १९६३ सम्म पाल्पा मिसन अस्पताल निर्माण गरेका थिए। तत्कालीन समयमा अस्पताल निर्माणको क्रममा नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव महसुस गरेका उनले बुटवलमा व्यावसायिक तालिम शिक्षालय (बुटवल टेक्निकल इन्स्टिच्युट) स्थापना गरेका थिए। यसको साथै उनले नेपालमा जलविद्युत् विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनका लागि सन् १९६५ मा बुटवल पावर कम्पनीको स्थापना गर्नुका साथै हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन कम्पनी र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको स्थापना गरेका छन्।

उनकै नेतृत्वमा बुटवल पावर कम्पनीले १०२४ किलोवाट तिनाउ,  ५.१ किलोवाट आँधिखोला, १२ किलोवाट झिमरुक जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भएको थियो भने ६० किलोवाट खिम्ती जलविद्युत् आयोजना निर्माणको अवधारणा पनि उनैले तयार पारेका थिए।

उनले नेपालमा रही सन् १९५८ देखि १९९५ सम्म ३७ वर्ष नेपालको विद्युत् विकासमा अतुलनीय योगदान दिई प्रशंसनीय कार्य गरेकाले तत्कालीन राजाबाट विभुषण एवं सम्मानहरू पाएका थिए। यसका साथै उनले हाइड्रो ल्यावको स्थापना गर्नुका साथै बुटवल पावर कम्पनीलाई निजीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले बताएको छ।। बुटवल क्षेत्रलाई विद्युतीकरण गरी औद्योगिक विकासको जग बसाल्नुको साथै उनको अगुवाइमा बुटवलले औद्योगिक विकासमा प्रगति गरेको कम्पनीले जनाएको छ। यही चैत्र १ गते निधन भएको उनको २७ डिसेम्बर १९२७ मा हलिङ्गदल भ्याली नर्वेमा भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित