मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमा गोल्डकपः पाँचौ पटक उपाधि चुम्नबाट नेपाल पुलिस क्लव बञ्चित

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप बाट विभागिय टिम नेपाल पुलिस क्लव बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाईनल खेलमा मनाङ मस्र्याङदी क्लव संग २–१ ले पराजित हुँदै नेपाली पुलिस क्लव प्रतियोगिता बाट बाहिरिएको हो ।
मनाङ मस्र्याङदीका लागि पहिलो गोल खेलको ३१ औं मिनेटमा प्रशन्न श्रेष्ठले गरे । त्यस्तै दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गोल गर्दै टिमलाई २–० बनाएका थिए । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरे ।बांकी समयमा कुनै पनि गोल हुन सकेन र खेल मनाङ मस्र्याङदीले जित्न सफल भयो ।
मनाङ मस्र्याङदी संग पराजित भए संगै नेपाल पुलिस क्लव पाँचौ पटक तिलोत्तमा गोल्डकप उपाधि चुम्नबाट बञ्चित भएको थियो । नेपाल पुलिस क्लवले ०३५ सालमा प्रथम तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो । त्यो बेला क्लवको नाम महेन्द्र पुलिस क्लव थियो । त्यस्तै ०५१ सालमा नवौ, ०५२ सालमा दशैं र ०५५ सालमा तेह्रौ तिलोत्तमा गोल्डकप गरी ४ पटक उपाधि जिति सकेको छ ।
नेपाल पुलिस क्लव २० औं र २१ औं तिलोत्तमा गोल्डकपको उप विजेता समेत हो । २० औं तिलोत्तमा गोल्डकपमा थ्रि स्टार संग २–० ले पराजित भएको थियो । त्यसैगरी ०७५ सालमा भएको २१ औं तिलोत्तमा गोल्डकपमा विदेशी टिम डाफिस फेमली संग सडन डेथमा पराजित भएको थियो । मनाङ मस्र्याङदीले भने अहिले सम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेको थिएन ।
प्रतियोगिता अन्तगर्त बुधबार पहिलो सेमिफाईनल खेलमा सुदुरपश्चिम ११ले थ्रि स्टार क्लव संग प्रतिस्पर्धा गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित