तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सेमलार शाखा द्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

 

बुटवल । ‘ग्लोबल मोनी विक्स’ अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड सेमलार शाखाद्धारा शुद्धोधन गाउँपालिका ०२ मा रहेको बनगाई माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
बनगाई माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यानरत ५० भन्दा बढि विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको थियो ।
सो अवसरमा बोल्दै बैंककी शाखा प्रबन्धक अम्बिका छामिछानेले ‘ग्लोबल मोनी विक्स’ कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा विद्यार्थीहरुलाई थानेश्वर पन्थीले प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न आर्थिक क्रियाकलप र व्यवस्थापनमा सहज हुने बताए ।


विद्यालयका प्रधानाध्यापक गोकुल राज घिमिरेले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिए ।
बैंकले ‘ग्लोबल मोनी विक्स’कै अवसरमा बुटवल शाखाले सैनामैना मेमोरियल स्कूल सैनामैना र मणिग्राम शाखाले राममणि बहुमुखी क्यामपस मणिग्राममा समेत वित्तिय साक्षरता कार्यम्रम सम्पन्न गरेको बैंकको लुम्बिनी प्रदेश कार्यालयले जानकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित