तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित (मतपरिणम सहित)

लुम्बिनी प्रदेशकै जेठो र ठूलो आंगिक क्याम्पस बुटवल बहुमुखीमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ ।

तीन दशकदेखिको आफ्नो विरासतलाई कायम राख्दै क्याम्पसमा अखिलका दुर्गबहादुर एमसीसहित प्यानलका सम्पूर्ण सदस्य निर्वाचित भएका हुन् ।

सोमवार सार्वजनिक अन्तिम मत परिणामअनुसार अखिलका एमसीले १ हजार २१४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ र कांग्रेसनिकट नेविसंघका कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का सागर पौडेलले ४७४ मत ल्याए ।

त्यसैगरी सचिव पदमा अनेरास्वियुका नीलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल निकटतम् प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन्

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएको भएका छन् ।

कूल ७ हजार ११० मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो । बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित