भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

क्रिकेट खेलाडी कुशल मल्ललाई न्यू होराइजन अंग्रेजी आवासीय मावि द्वारा सम्मान (तस्वीरहरु)

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई न्यू होराइजन अंग्रेजी आवासीय माविले सम्मान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि मल्ललाई न्यू होराईजनले सम्मान गरेको हो ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, प्रकाश खनाल, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचन लगायतले मल्ललाई नगद २१ हजार ५ सय सहित सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीले आफ्नो संस्थाको विद्यार्थी मल्लले हालै काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको भन्दै सम्मान गरेको बताए ।
बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।

सो अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा न्यू होराइजनको पनि ठूलो योगदान रहेको बताए ।
न्यू होराइजनबाट कुशल सहित राहुल बिक र सुशन भारी सिनियर टिममा तथा जुनियर राष्ट्रिय टिममा सौरभ खनाल, रुपेश बास्तोला, देबेन्द्र सोमरे, प्रकाश केसी, निर्मल थापा, स्विचेन शाह, नुरध्वज सेन र कृष्ण सेनले प्रतिनिधित्व गरिसकेका खेलाडी रहेको प्रशिक्षक गौचनले बताए । सो अवसरमा शिक्षक प्रकाश गौतमले निरन्तरको मेहनत,अनुशासनले कुशलले क्रिकेटमा सफलता हासिल गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित