तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेवा पुच सेवा समिति १४ औं वर्षमा प्रवेश, पत्रकार दिनेश श्रेष्ठ सम्मानित

नेवारी संस्कार संस्कृति संरक्षणसँगै सामाजिक कार्यमा अग्रसर रहेको नेवा पुच सेवा समितिको १४ आंै वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बीच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उद्घाटन गरेका छन् ।

कार्यक्रममा नेवार दे दबु केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं ९ का प्रदिप श्रेष्ठले ब्यापारिक र आर्थिक रुपमा समाज रुपान्तरणमा नेवार समुदायको योगदान दिएको बताए । कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थागत रुपमा संस्कार, संस्कृति संरक्षणको अभियान निरन्तर चलाइदै आएको बताए । कार्यक्रममा समितिका सल्लाहकार नवराज श्रेष्ठले १४ वर्षको अवधिमा भवन निर्माण, धिमे बाजा सिकाउने, विभिन्न सामाजिक गतिविधिमा अग्रसरता देखिएको बताए ।

कार्यक्रममा समितिका सचिव शारदा श्रेष्ठ, कोषाध्यक्ष दल बहादुर श्रेष्ठ, महिला समितिका अध्यक्ष तारा श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले अक्षय तृतिय, जाईजात्रा, नेवारी खाजा महोत्सव, कैता पुजा, युवाहरुलाई धिमे बाजा सिकाउने, नेवारी भाषा कक्षा चलाएर संस्कृति जगेर्नाको काममा संस्थाको अभियान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा संचार क्षेत्रबाट योगदान दिएका खबरकुरा अनलाईनका सम्पादक दिनेश कुमार श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको छ । यसैगरि जेष्ठ नागरिक सम्मानबाट समितिका ओमप्रकाश श्रेष्ठ, जन्मप्रसाद श्रेष्ठ, दुर्गालक्ष्मी जोशी, पुरुषोत्तम राम श्रेष्ठ, चन्द्र कुमारी श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कृष्णकला श्रेष्ठ, सितादेवि गंगालक्ष्मी सुवाल, चमेली देवि श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने, रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । समितिमा २ सय ३२ जना सदस्यहरु छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित