तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु … लुम्बिनीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय, माओवादीलाई थप दबाब लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर) पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी ! मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष बानियाँको ९१ लाख स्रोत नखुलेको सम्पत्ति एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी                
समाचार :

तिलोत्तमा भएको रोजगार सूचना मेला सकियो (तस्वीरहरु)

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ । रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा रोजगार तथा रोजगार दाता कम्पनीहरुका ४० स्टल रहेका थिए ।
मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले रोजगार मेलामा १ हजार भन्दा बढिको सहभागिता रहेको बताए ।
तिलोत्तमाको रामजानकी मन्दिर परिसर भएको मेलाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले उद्घाटन गरे । सो अवसरमा उनले यो मेलालाई आगामी दिनमा व्यवस्थित बनाउंदै अझै प्रभावकारी बनाउने बताए । उनले मेलाको माध्यमबाट नगरपालिका भित्र बरोजगारीको अवस्था र योग्यता बारे पनि थाहा हुने बताए ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलामा सहभागि भएकाहरुलाई विभिन्न कम्पनीले सिधै रोजगारका लागि प्रस्ताव गरी कतिपयलाई सम्झौता समेत गरेको बताए ।
इन्स्योर परियोजनाको सहयोगमा नगरपालिकाले आयोजना गरेको सो रोजगार मेलामा रोजगार सम्बन्धि बिज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनि, उद्योग कलकारखानाका संचालक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार