तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु … लुम्बिनीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय, माओवादीलाई थप दबाब लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर) पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी ! मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष बानियाँको ९१ लाख स्रोत नखुलेको सम्पत्ति एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी                
समाचार :

२२ औं संस्करणको तिलोत्तमा गोल्डकप आजदेखि, उद्घाटन खेल रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच हुने

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप बुटवलमा आजदेखि सुरु हुदैँछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टरमा हुन लागेको गोल्डकप २०७५ मा २१ औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत विभिन्न कारणले रोकिएको थियो । त्यसको ४ बर्षपछि २२ औं संस्करणको गोल्डकप हुन लागेको संघले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गर्ने बताइएको छ । प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही-११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।
दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
तस्वीर- सुमन अधिकारी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार