मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा पाँच सय जना बने अल्पकालिन भिक्षु (तस्वीरहरु)

लुम्बिनी । लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङगणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सहआयोजनामा विहिबार मायादेवी मन्दिर प्राङगणमा पाँच सय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) गराइएको हो ।

अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालिन भिक्षुका लागि चिवर प्रदान गरे । अल्पकालिन भिक्षुहरुले पहेलो चिवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरु पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरुले पञ्चशिल र अष्टशिलको पालना गर्ने भएपनि अल्पकालिन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध नियमा आफुलाई रुपान्तरण गर्नुपर्ने छ ।

फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरि ५ सय जनाको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिएपनि विहिबार मात्रै उनीहरुले प्रवज्या गरि अल्पकालिन भिक्षुका रुपमा पहेलो चिवर लगाउन योग्य भएका हुन ।

चिवर प्रदान एंव कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय)ले भगवान बुद्धको जन्मस्थलमा अल्पकालिन समयका लागि भएपनि प्रव्रज्यामा सहभागी हुनेहरुलाई स्वागत गरे । उनले बुद्ध जन्मेकै देशका नागरिकहरु यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान कार्य रहेको बताए । बुद्ध शिक्षालाई सतही रुपमा मात्रै नभई बुद्धभूमिकै आएर प्रव्रज्या (अल्पकालिन भिक्षु) ग्रहण गरि व्यवहारमै बुझ्नु अत्यन्तै सकरात्मक रहेको उनको भनाई छ ।

कार्यक्रममा अखिल नेपाल भिक्षु संघका महास्थविर शोभनले भिक्षु संघको निर्देशन अनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकाहरुलाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अगाल्न आग्रह गरे । बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्या( अल्पकालिन भिक्षु ) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले एकै दिन ५ सय जना अल्पकालिन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्ने बताए । कोभिडअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एंव कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताए ।

कोभिडका कारण अहिले संख्या घटाएर ५ सय गराइएको र आगामि दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराईने योजना रहेको शाक्यले बताए । प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरु विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सोबोध भिक्षु लगायतको उपस्थिती थियो । प्रव्रज्यामा नेपालका २० बढि जिल्लाबाट सहभागिता छ । चैत १७ गते अल्पकालिन भिक्षुहरुको समय सकिनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित