लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार बाँकेको बाहुवली हर्बलमा आगलागी लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम लुम्बिनी प्रदेशमा मन्त्रीहरू थपिँदै, सरकारलाई पूर्णता दिन भागबन्डा लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक                
समाचार :

लुम्बिनीमा माओवादी सहितका दलद्वारा समर्थन फिर्ता लिने तयारी

लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको गृहकार्य सुरु भएको छ । उपराष्ट्रपति निर्वाचन लगत्तै लुम्बिनी हालका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन गृहकार्य भएको हो । केन्द्रको समिकरण अनुसार दलहरुले छलफल गर्ने र सरकार फेर्ने प्रयास सुरु गरेका छन् ।

उपराष्ट्रपति निर्वाचन सकिए लगत्तै लुम्बिनी फर्किएर माओवादी सहितका दलले सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । ‘अब हामीले सरकार परिवर्तनका लागि प्रयास गर्नेछौं’, उनले भने ।

राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका यहाँका दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन चैतको पहिलो साताभित्र फिर्ता लिने तयारी गरेको जनाएका छन् । बरालले उनले भने, ‘सांसदहरु मतदान गरेर फर्केपछि समर्थन फिर्ता लिन हामीले छलफल गरेका छौं, सायद छिट्टै फिर्ता हुन्छ होला ।’

समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा मुख्यमन्त्री लिला गिरीले राजीनामा दिने विश्वास दलहरूको छ । यदि राजीनामा नदिए संविधानको अर्को धारा अनुसार सरकार गठनको प्रक्रियामा जाने रणनीतिमा दलहरु छन् ।

पछिल्लो गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोपसा, नागरिक उन्मुक्ति, जनमोर्चा लगायत ८ दल छन् । राप्रपाले भने अहिलेसम्म एमालेलाई साथ दिने जनाएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले चैत ७ गतेभित्रै प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी भएको जनाए । माओवादीसहित साना दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनले बताए ।

‘हामीसँगको छलफलमा ६ या ७ गतेसम्म समर्थन फिर्ता लिने माओवादीले जानकारी गराएको छ । जे होस् ७ गते भन्दा उता जाँदैन होला’, उनले भने, ‘सरकार परिवर्तन हुने भएपछि अन्य विषयमा छलफल गर्छौं ।’

राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले राप्रपाले एमालेको साथ नछेड्ने जनाए । उनले आफूहरू यही सरकारलाई साथ दिने प्रस्ट पारे । ‘हामी लुम्बिनीमा सरकार परिवर्तनको पक्षमा छैनौं, यही सरकारलाई नै साथ दिन्छौं’, उनले भने ।

लुम्बिनीमा एमालेको २९ र राप्रपाको ४ सिट छ । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सिट चाहिन्छ । पछिल्लो समीकरण अनुसार नयाँ गठबन्धनसँग प्रस्ट बहुमत देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार