तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

क्षत्री समाजको केन्द्रीय परिषदको भेला बुटवलमा

बुटवल । क्षत्री समाज नेपालको दोश्रो केन्द्रीय परिषदको भेला बुटवलमा हुने भएको छ ।

यही चैत्र ४ र ५ गते बुटवलमा दोश्रो केन्द्रीय परिषदको भेलाको आयोजना गरिएको क्षत्री समाज नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
भेलामा देशभरबाट करिब ५०० भन्दा बढि प्रतिनिधिहरुको सहभागिता हुने प्रचारप्रसार समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । भेलाको तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ ।

केन्द्रीय परिषदको पहिलो दिन बुटवल बजारको परिक्रमा सहित समाजको भवन रहेको हिलपार्कमा पुगि सभामा परिणत हुने उनले बताए। उक्त सभामा क्षत्री समाजको पहिरनसहित झाँकी प्रस्तुत गरिने छ । यस्तै दोश्रो दिन केन्द्रीय , प्रदेश , जिल्ला तथा भातृ समाजका प्रतिनिधिहरुको भोला हुने आयोजकले जानकारी दिएको छ ।

समाजको दोश्रो भेला मार्फत राष्ट्र, राष्ट्रियताको लागि क्षत्री एकताको पहिचान दिनको लागि परिषद भेला गर्न लागिएको उनले बताए । यस्तै भेला मार्फत आम खस क्षत्री जातीलाई आदिबासी जातीमा सुचितकृत गर्नको लागि सरकार समक्ष माग राखिने समाजका महासचिब केशबहादर केसीले बताए ।

यस्तै राज्यबाट निर्धारण गरिएका हरेक आरक्षणको ब्यवस्था जातीय आधारबाट खारेज गरी बर्गीय रुपमा हुनु पर्ने समाजले आवाज उठाउँदै आएको केसीले बताए।

बिपन्न गरिब, पिछडिएका बर्गलाई जातीय रुपमा नहेरी सहयोग आरक्षणको ब्यवस्था गरिनु पर्ने, खस राष्ट्रिय आयोगको गठन, आर्थिक तरलता ब्यवस्थापन , रोजगारी सृजना, समाजले विभिन्न आन्दोलनहरुमा गरेका सम्झौंताको पूण कार्यान्वयनको माग राख्दै आएको क्षत्री समाज नेपालले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित