लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

२२ औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने

चैत्र ४ गतेदेखि सुरु हुने बाईसौं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । चैत्र ११ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।

खेल तालिका अनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै ८ र ९ गते सेमिफाइनलका खेल हुने छन् भने चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको बिजेता टिमले गोल्डकप संगै ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैया वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधीभर उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई समेत जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताए । मोफसलमा सर्वाधिक पुरस्कार राशीको तिलोत्तमा गोल्डकप प्रतियोगिताको लागि १ करोड आठ लाख बढि खर्च अनुमान गरिएको छ ।

विगतका प्रतियोगिता भन्दा यसपटक पुरस्कार राशी समेत बृद्धि गरिएको र अन्य खर्च समेत बढेकोले बढि खर्च अनुमान गरिएको अध्यक्ष पुनले बताए । गोल्डकप प्रतियोगिताको २० औं संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयां पुरस्कार राशी रहेकोमा २१ औं संस्करणमा पुरस्कार राशी बढाएर ८ लाख ८० हजार पु¥याईएको थियो । २०७५ सालमा सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपको उपाधी विदेशी पाहुना टोली दाउफिन्स एफसि क्यामरुनले जितेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित