मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गुल्मीको सिर्सेनिमा बृहत निःशुल्क स्वास्थ्य शिविर, ६सय बढीले सेवा लिए

गुल्मी सिर्सेनि समाज रूपन्देहिले गुल्मीको सिर्सेनिमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

जसमा ६ सय जना बढीले सेवा लिएका छन् । सिमलि फाउण्डेसन नेपाल प्रालिले मुख्य प्रायोजन गरेको शिविरमा अन्य एघार वटा स्वास्थ्य संस्थाले पनि स्वास्थ्य सामग्री प्रदान गरेर सहयोग गरेका थिए ।

यसमा नेपाली सेनाको मेडिकल टोलिले समेत सहयोग गरेको समाजका अध्यक्ष भिष्म अर्यालले बताए । कार्यक्रमको ब्यवस्थापन मदाने गाउंपालिकाको कार्यालय,मदाने गाँउपालिकाको तिन नम्बर वडा कार्यालय सिर्सेनी र नेपाली सेनाको सग्राम शार्दुल गुल्म गुल्मीले गरेको थियो ।

सिमलि फाउण्डेसनले सञ्चालिका स्वर्गीय लिला अर्यालको स्मृतिमा मुख्य प्रायोजन गरेको सिमलिका सञ्चालक महेन्द्र अर्यालले बताए ।

शिविरमा महिला तिन सय पचास र पुरुष दुइ सय सन्ताउन्न गरी छ सय सात जनाले स्वास्थ्य जाँच गराएका छन् ।

जसमध्ये जनरल फिजिसियन तर्फ ३१० जना , दन्तसेवा तिर २१० जना,आँखा सम्बन्धि १८५ जना, हाडजोर्नि तथा फिजियो थेरापि ९५ जना,भिडियो एक्सरे १८० जना र मधुमेह जाँच एकसय जनाले गराएको अध्यक्ष अर्यालले जानकारी दिए् । एकजनाले एकभन्दा धेरै सेवाहरु समेत ल्याएको उनले बताए ।

शिविरको मुख्य प्रायोजन गरेका अर्यालले स्वर्गिय पत्नीको सम्झनामा आफुले पढेको रियाले मावि सिर्सेनीमा दुइ लाख रुपैयाको अक्षयकोषको समेत स्थापना गरेका छन् ।

उनले यसलाई छिटै दस लाख पु¥याउने लक्ष्य राखेको बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिती गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेका सर्वसाधारण लाई स्वास्थ्य सेवाको अवसर प्रदान गरेकोले यस्ता कार्यक्रमले अबका दिनमा निरन्तरता पाउनु पर्ने बताए । कार्यक्रममा समाजका उपाध्यक्ष ऋषि भट्टराईले समाजको उद्देश्य र लक्ष्य बारे प्रष्ट पार्दै उदार र मनकारी संघ संस्था सँग जोडिएर समाजमा सेवा तथा बिभिन्न बिषयमा सचेतना प्रवाह गर्ने प्रष्ट पारेका छन्् ।

कार्यक्रममा मदाने गाँउपालिकाका प्रमुख महेन्द्र बहादुर कुँवर , धुर्कोट गाँउपालिकाका प्रमुख भुपाल पोख्रेल, मदाने गाँउपालिकाकी उप प्रमुख सरिता खड्का ,पुर्व जिल्ला शिक्षा अधिकारी डबल बहादुर बिसि , नेपाली सेनाका जिल्ला प्रमुख लगायतले यस्ता शिविरलाई अन्यत्र पनि विस्तार गर्नुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित