रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलमा पहिलो पटक ‘गल्स अन ह्वील्स’ प्रतियोगीता

बुटवल  । राउन्ड टेवल नेपालको आयोजनामा पहिलो पटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगीता आयोजना हुने भएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा यहि चौत ४ गते आयोजना हुने प्रतियोगीतमा ६० वटा स्कुटरमा १२० जना महिलाहरुको सहभागीता हुने छ । कार्यक्रमबाट महिला शशक्तिकरणको गतिलो नतिजा प्रर्दशन गरिने केन्द्रीय अध्यक्ष राहुल अग्रवाले बताएका छन् ।

महिला सशक्तीकरणको योगदान दिने उदेश्यका साथ यो प्रतियोगीता आयोजना गर्न लागिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए । कार्यक्रम संयोजक सुमित वझाका अनुसार यो कार्यक्रम ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना हुने छ ।

प्रतियोगीताहरु बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अत्मीम विन्दुमा पुग्ने उत्कृष्ठ ३ सहित सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगीतामा सहभागी सबैलाई टिकट बापतको गिफ्ट ह्याम्पर पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगीतमा मुख्य प्रयोजकको रुपमा प्याडलिक्स प्याडले सहयोग गरेको छ भने ध्वनी सप र डेल्टा टायरले समेत सहयोग गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित