मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

स्ववियू निर्वाचन ः भैरहवा बहुमुखीमा नेकपा एस निकट अनेरास्ववियू एक्लै भिड्ने, अध्यक्षमा अजय भण्डारी

रूपन्देही । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन अस्विकार गर्दै एक्लै चुनावमा भिड्ने भएको छ । आउदो चैत ५ गते हुने स्ववियू निर्वाचनमा अजय भण्डारीको नेतृत्वमा चुनाव लड्ने भएको हो । आफ्नै शक्तिमा निर्वाचन लड्ने गरि तयारीमा जुटेको अनेरास्ववियू रुपन्देहीका अध्यक्ष छवि भट्टराईले बताए । उनले सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन, एमाले निकटको अनेरास्ववियु र स्वतन्त्र समेतले गठबन्धनका लागि प्रस्ताव गरेपनि आफुहरुले अस्विकार गरेको बताए ।

रुपन्देहीको पूरानो क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा नेतृत्व हुत्याउने तयारीका साथ चुनावमा जुटेको उनको दावी छ । अध्यक्षमा अजय भण्डारी, सचिवमा साहित एमत, कोषाध्यक्षमा शिव हरिजन, सदस्यमा बासुदेव यादव, विन्दु सुवेदी चुनावी मैदानमा उत्रेका छन । देशभरिका सम्पूर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट हौऔं भन्ने नाराका साथ यो पटक स्ववियू निर्वाचनमा होमिएको छ । रुपन्देहीमा अन्य क्याम्पसमा भने गठबन्धन गरेको अध्यक्ष भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित