तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

‘शान्ति सुरक्षा कायम र चाेरी-तस्करी नियन्त्रणमा प्रतिबद्ध छु’ : प्रहरी निरिक्षक अर्जुन पौडेल

वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अर्जुन पौडेलले रुपन्देहीको शान्ति सुरक्षा कायम र चोरी चकारी नियन्त्रण गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

बुटवलमा आज पत्रकारसंगको भेटघाटमा बोल्दै उनले उनले आफ्नो जीवनको तेस्रो पोष्टीङ वडा प्रहरी कार्यालय बुटवलमा भएको बताए । उनले आफुले नयाँ योजनाका साथमा समाजलाइ शान्ति सुरक्षा दिने समेत बताए । प्रहरीले कुनै पनि सर्तमा अपराधिलाइ संरक्षण गर्न नसक्ने उनको भनाइ छ ।

प्रहरी कार्यालय  मातहतका प्रहरी कर्मचारीहरुलाई  चुस्त दुरुस्त राख्न र जनताको सेवालाई छिटो छरितो बनाउन उनले निर्देशन समेत दिए । उनी यसअघि सल्यान र अर्घाखाँची जिल्ला प्रहरीमा कार्यरत रहेका थिए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित