३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

जजिराको भैरहवामा पुन उडानः ६६ यात्रु लिएर आयो ९९ यात्रु लगेर गयो

बुटवल । गत पुस महिनादेखि उडान स्थगित गरेको जजिरा एयरलाईन्सले विहिबार देखि पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ ।

बाक्लो हुस्सुको कारण विमानस्थलबाट उडान तथा अवतरणमा समस्या भएको भन्दै जजिराले गत पुस ६ गतेदेखि उडान स्थगित गरेको थियो । मौसममा सुधार आउने वित्तिकै उडान सूचारु गर्ने जनाएको जजिराले विहिबार देखि मात्रै उडान शुरु गरेको हो । यसअघि फेबु्रअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भएको थिएन ।

विहिबार विहान कुबेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको विमानले ८ बजेर ५ मिनेटमा ९९ जना यात्रु लिएर उडान भरेको विमानस्थल प्राधिकरणले जनाएको छ । विमानस्थलका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई गत जेठ २ गते गरिएको उद्घाटनसंगै जजिराले हप्ताको तिनदिन नियमित उडान गर्दै आएको थियो । अन्तर्राष्ट्रिय उडान रोकिन पुग्दा विमानस्थललाई लक्षित गरेर संचालन गरिएका होटेल लगायत पर्यटन व्यवसायीहरु चिन्तित बनेका थिए ।

विमानस्थल निर्माणसंगै भैरहवा लुम्बिनी आसपासमा पर्यटन क्षेत्रमा मात्र ३० अर्ब बढी लगानी भएको छ । यहां मध्यमस्तरका होटलसंगै चार तारे र पांच तारे होटलहरु बनिरहेका छन् ।

जजिरा एयरले उडान शुरु गरेपनिसरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उडान नगरेको भन्दै यहांका व्यवसायीहरुले नेपाल एयरलाईन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित