तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बालआश्रम र अक्षयकोष स्थापनार्थ तिलोत्तमामा फागुन २८ देखि हुने महायज्ञको सम्पुर्ण तयारी पूरा

बुटवल । तिलोत्तमा ९ सैनिकपथ मंगललापुरमा फागुन २८ गते देखि हुने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा बौद्ध दर्शन प्रवचन २०७९ को सम्पुर्ण तयारी पूरा भएको छ।
सिर्जनशील सस्था नेपालको आयोजनामा हुने महायज्ञको सम्पुर्ण तयारी पूरा भएको सस्थाले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो।
सिर्जनशील सस्था नेपालद्वारा सञ्चालित सडकमा आश्रित, बेवारिसे तथा सहाराबिहिन बालबालिकाका लागि पुष्पकुञ्ज भवन र अक्षयकोष स्थापनार्थ महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ सम्पादक समिती मुल समिती संयोजक रोमणीप्रसाद पाठकले सम्पुर्ण तयारी पूरा भएको जानकारी दिए। उनले पवित्र उद्देश लिएर महायज्ञ सञ्चालन गर्न लागिएको जनाए।
पत्रकार सम्मेलनमा बोल्दै सिर्जनशील सस्था नेपालका अध्यक्ष प्रतिमा शर्माले फागुन २८ गतेदेखी चैत ५ गते सम्म महायज्ञ सञ्चालन हुने बताईन। उनले बिहान ७ बजेदेखी साझ ४ बजे सम्म महायज्ञ र साझ ७ बजेदेखि १० बजेसम्म सन्ध्या आरती, महात्म र कथा प्रवचन हुने जानकारी दिइन। महायज्ञबाट कम्तिमा ८१ लाखको भवन निर्माण स्टिमेट भएको र १ करोड बराबरको अक्षयकोष निर्माण हुने अपेक्षा गरिएको बताईन।
सस्थाका महासचिव बिजु पौडेलले महायज्ञमा प्रमुख कथा बाचकको रुपमा युगल चरणोपासक आचार्य ओमप्रकाश सुवेदी र बाचक बौद्धिष्ट गुरु भिक्षु ज्ञानेन्द्र स्थविर बुद्धम्भ कोविदले प्रवचन गर्ने जानकारी दिइन।महायज्ञ सञ्चालन गर्नको लागि १५ लाख खर्च हुने अनुमान गरिएको छ।
उनले तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको २ कठ्ठा जगामा १२ कोठे हल र कम्पाउन्ट सहितको भवन तिलोत्तमा ७ मा निर्माण गर्ने उनले बताईन।
सस्थाबाट १९७ जना बालबालिकाहरुको उद्धार र पुनर्मिलन गरेको बताउदै १३ जना दिगो ब्यवस्थापनका लागि नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी गराईन।
सस्थाको आश्रममा यतिबेला १८ जना बालबालिका छन। महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले उद्घाटन गर्ने छन।सस्था स्थापनाको २५ वर्ष भएको र आश्रम सञ्चालन गर्न लागेको ७ वर्ष भएको उनले जानकारी दिइन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित