रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उपाधि युनिक होम्सले जितेको हो ।

रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा फागुन १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलमा ९ स्वर्ण, ४ रजत र ५ काश्य गरी कुल १८ पदक प्राप्त गर्दै युनिक होम्सले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रमुख प्रशिक्षक कृष्ण शाक्यले बताए ।

उनकाअनुसार छिपागढ माध्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १ काश्य गरी कुल १० पदक प्राप्त गरी द्वितीय भएको छ । त्यस्तै पजरकट्टी माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र २ काश्य गरी कुल ७ पदक प्राप्त गरी तृतीय भएको छ ।

त्यसै गरी अध्यक्ष कप भलिबल प्रतियोगितामा जनचेतना आधारभूत विद्यालय प्रथम र पजरकट्टी माध्यमिक विद्यालय द्वितीय भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले बताए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूलका देवनारायण घर्ती घोषित भएका छन् ।

समापन समारोहमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई रोहिणी गाउँपालिकाका अध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विद्या प्रसाद यादवले शिल्ड (पुरस्कार) प्रदान गरेका थिए ।

समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए ।

प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, कराँते लगायतका खेलकुद भएको थियो ।

रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न प्रतियोगिताको समापन समारोहमा श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव राम सुरेश वर्मा, प्रशिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतियोगिताका प्रशिक्षकहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित